नेपाल धितोपत्र बोर्डबाट सिद्धार्थ बैंकले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न अनुमति
काठमाडौं । सिद्धार्थ बैंकले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ४० लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो । यसमध्ये १६ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ ।
बाँकी २४ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । यस ऋणपत्रमा वार्षिक १०.७५ प्रतिशतब्याज दिइने बैंकले जनाएको छ । सिद्धार्थ बैंकले १० वर्ष अवधिको ‘सिद्धार्थ बैंक डिबेन्चर २०८९’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यस ऋणपत्रमा कुमारी क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।