stcnepal long ad
ime life insurance
global ime bank long

नेपाल वायुसेवा निगमको आठ अर्ब ३९ करोड रुपियाँले आम्दानीमा वृद्धि

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल वायुसेवा निगमले चालू आर्थिक वर्षको प्रथम आठ महिनामा आठ अर्ब ३९ करोड रुपियाँ आम्दानी गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४७ प्रतिशतले वृद्धि हो । अघिल्लो आर्थिक वर्षको साउनदेखि फागुनसम्ममा निगमले पाँच अर्ब ७० करोड रुपियाँ आम्दानी गरेको थियो ।

आम्दानी बढेसँगै निगमले ओभर ड्राफ्टबाट लिएको पूरै रकम भुक्तानी गरी एक अर्ब ३३ करोड ९९ लाख ७६ हजार ६६७ रुपियाँ नगद मौज्दात कायम गरेको छ । यस अवधिमा एक अर्ब २७ करोड दुई लाख ५१ हजार ६३७ रुपियाँ बचत गरेकोसमेत निगमले जनाएको छ ।

ओभर ड्राफ्ट रकम भुक्तानीपछि पाँच महिनाको अवधिमा निगमले यसको ब्याज भुक्तानी गर्ने दायित्वबापतको रकम समेत बचत गरेको जनाएको छ ।

पछिल्लो प्रगति विवरणअनुसार निगमले दुई न्यारोबडी र दुई वाइडबडी जहाज खरिद गर्दा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष तथा सहुलियत प्राप्त कर्जामा चिनियाँ जहाज खरिद गर्दाको साँवा ब्याज भुक्तानीको कुल दायित्व ४७ अर्ब ४४ करोड रुपियाँ पुगेको जनाएको छ ।

पछिल्लो समय जहाजको उपयोगिता, सिट अकुपेन्सी र गन्तव्य विस्तारमा जोड दिएको जनाउँदै निगमले उडान सङ्ख्या विस्तार र नयाँ गन्तव्यमा समेत जोड दिएको जनाएको छ ।

हाल अन्तर्राष्ट्रिय उडानमा रहेका ए ३२० सेरिजका दुईवटा न्यारोबडी र ए ३३० सेरिजका दुईवटा वाइडबडी जहाजको औसत सिट अकुपेन्सी हाल ९० प्रतिशतको हाराहारीमा पुगेको निगमको दाबी छ ।

गत वर्षको कात्तिकसम्म ए ३२० जहाजले दैनिक सात घण्टा ३८ मिनेट उडान गरेकोमा पछिल्लो समयमा नौ घण्टा ४८ मिनेट उडान गर्दै आएको छ । त्यस्तै ए ३३० जहाजको उडान समय प्रतिदिन छ घण्टा ३६ मिनेटबाट १० घण्टा ४१ मिनेट पुगेको समेत निगमले जनाएको छ ।

कोरोनाका कारण यसअघि बन्द रहेका अन्तर्राष्ट्रिय गन्तव्यमा पुनः उडान सुरु गरेको जनाउँदै अझै आम्दानी बढ्ने निगमको विश्वास छ ।

निकट भविष्यमै चीनको ग्वान्झाउ र दक्षिण कोरियाको सिओलमा उडान भर्ने तयारीमा रहेको निगमले हाल दिल्ली, दोहा, दुबई, हङकङ, र नारितामा दैनिक एक–एक उडान तथा साउदीको रियादमा सातामा दुई उडान गर्दै आएको छ ।

कोरोनाका कारण स्थगित भएका मुम्बई, बैङ्गलोर, क्वालालम्पुर र बैङ्ककमा भने उडान सुरु हुन सकेको छैन । पुनः उडान सुरु नभएको उक्त गन्तव्यमा साताका तीनवटा उडान हुँदै आएका थिए । त्यस्तै साउदी अरेबियाको जेद्दा र दम्माममा पनि पुनः उडान सुरु हुन सकेको छैन ।

prabhu mahalaxmi
kumari