stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

नेपाल राष्ट्र बैंकले दुई अर्ब १९ करोड मुद्दती निक्षेपमा लगानी गर्ने

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न कोषहरूमा रहेको २ अर्ब १९ करोड रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई आफूले लिन चाहेको रकम र ब्याजदर प्रस्ताव गर्न आग्रह गरेको हो ।

केन्द्रीय बैंकले सो रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्न चाहेको हो । बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा १ अर्ब ७५ करोड २० लाख, ‘ख’ वर्गका बैंकले ३२ करोड ८५ लाख र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा १० करोड ९५ लाख बराबरको रकम मुद्दती निक्षेपमा राख्न खोजेको हो ।

बैंकले माघ ३० गते दिउँसो १ बजेसम्म आवेदन दिन आग्रह गरेको छ । मुद्दती निक्षेपमा २०८१ फागुन ६ गतेदेखि  २०८२ फागुन ६ गतेसम्म  ३६६ दिनका लाग राखिने समेत राष्ट्र बैंकले जानकारी दिएको छ ।

बैंकको तोकिएको न्यूनतम पुँजीकोष कायम भएको, बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको र निष्क्रिय कर्जा कुल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको हुनुपर्ने लगायत शर्त राखिएको छ ।

खुद तरल सम्पत्ति बैंकले तोकेको न्यूनतम सीमा कायम गरेको लगायतका शर्त राखिएको छ । बैंक तथा वित्तीय संस्थाले अन्य थप शर्त राखी प्रस्ताव पेश गर्न पाउने छैनन् । यदि थप शर्त राखेर प्रस्ताव भएको अवस्थामा त्यस्तो शर्त मान्य हुने छैन ।

कोषको रकम लगानी गर्ने सम्बन्धमा नेपाल राष्ट्र बैंक अवकाश कोष व्यवस्थापन समितिले गरेको निर्णय अन्तिम हुने जनाएको छ ।

kumari bank
kumari
nawakantipur long