citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

आज फेरि राष्ट्र बैंकले बजारबाट ८० अर्ब तान्दै 

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । बैंकिङ प्रणालीमा लगानी योग्य पुँजी (तरलता) को सहजताको असर केन्द्रीय बैंकले लगातार तानिरहेको छ । चालु आर्थिक वर्षको पुस २१ गतेसम्म केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको माध्ययमबाट ३७ पटक गरेर १३ खर्ब ८३ अर्ब रुपियाँ तानिसकेको छ । तर पनि बजारमा लगानीको वातावरण नबन्दा बैंकहरुमा पैसा थुप्रिरहेको छ ।

यसै शिलशिलामा केन्द्रीय बैंकले आज फेरि निक्षेप संकलन उपकरणको माध्यमबाट १४ दिनका लागि ८० अर्ब रुपियाँ तरलता प्रशोचन गर्ने भएको छ ।

पुस २४ गते बुधबार दिउँसो २ बजे अनलाइन बोलकबोल हुने निक्षेप संकलन उपकरणको आजै निष्काशन हुने बैंकले जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले २ बजेसम्म आवेदन दिन सक्नेछन् ।

gold
himalayan life insurance long ad