citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

चितवन मेडिकल कलेजको १ वर्षको आम्दानी करिब २ अर्ब

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । चितवन मेडिकल कलेज लिमिटेडले गत वर्ष (सन् २०२४) मा १ अर्ब ९७ करोड ४० लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ । यो सन् २०२३ को भन्दा १६.२६ प्रतिशत धेरै हो ।

सन् २०२३ मा यस कम्पनीले १ अर्ब ६९ करोड ८० लाख र सन् २०२२ मा २ अर्ब ७ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

यता, चालु आर्थिक वर्षको ३ महिनामा भने कलेजले ६१ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको रेटिङ एजेन्सी केयर रेटिङ नेपाल लिमिटेडले जनाएको छ ।

कम्पनीले ‘केयर एनपी बीबीबी माइनस’ रेटिङ प्राप्त गरेको छ । चितवन मेडिकल कलेज (सीएमसी) चितवनमा छ । यो डाक्टरहरुको समूहले स्थापना गरेको कम्पनी हो ।

सन् २००६ मा स्थापना भएको यो कलेज जनवरी २५ सन् २०२४ मा पब्लिक लिमिटेडमा रुपान्तरण भएको हो ।

यो त्रिभुवन विश्वविद्यालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) बाट मान्यता प्राप्त कम्पनी हो । साथै, यो आइएसओ ९००१:२०१५ चिकित्सा शिक्षा प्रदान गर्न प्रमाणित कम्पनी हो ।

सीएमसीले  नर्सिङ, ब्याचलर अफ मेडिसिन र ब्याचलर अफ सर्जरी र अन्य स्नातक–स्तर कार्यक्रमहरु सञ्चालन गर्छ । सन् २०२२ मा  कोभिड १९ को कारण  विद्यार्थी भर्नादर कम भएको थियो । अहिले उक्त दर बढेको छ । यस कलेजको ५३७ शैया सञ्चालनमा छ ।

gold
himalayan life insurance long ad