citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

हाम्रो पेका प्रयोगकर्ताले अब स्मार्ट क्युआर स्क्यान गरेर पैसा तिर्न सक्ने

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र भुक्तानी सेवा प्रदायक संस्था हाम्रो पे (लेनदेन सेवा प्रा.लि.) बीच ‘स्मार्ट क्यूआर’ मार्फत भुक्तानी सेवा सञ्चालनका लागि सम्झौता भएको छ ।

सम्झौता पत्रमा लेनदेन सेवा प्रालि कार्यलयमा आयोजित कार्यक्रममा एससीटीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र हाम्रो पेका प्रमुख कार्यकारी अधिकृत शिशिर पोख्रेलले हस्ताक्षर गरेका हुन् ।

सम्झौतासँगै हाम्रो पे प्रयोगकर्ताले स्मार्ट क्यूआरमार्फत आफ्नो वालेट लोड गर्न मिल्ने र मर्चेन्टलाई भुक्तानी गर्न मिल्नुका साथै विभिन्न व्यापार व्यवसायमा संलग्न व्यवसायीले क्यूआर मार्फत भुक्तानी लिनलाई स्मार्ट क्यूआरको सुविधा पनि लिन सक्नेछन् ।

स्मार्ट क्यूआर मार्फत हुने कारोबार बापतको रकम मर्चेन्टको खातामा तत्कालै फर्छ्योट हुने भएकाले यस सेवाको सुरुवात पश्चात हाम्रो पेका प्रयोगकर्ता लगायत मर्चेन्टलाई कारोबार गर्न झनै सजिलो हुने विश्वास गरिएको छ ।

gold
himalayan life insurance long ad