stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

नेपाल इन्स्योरेन्स कम्पनीको २१ हजार कित्ता शेयर बिक्रीमा

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक समूहको २१ हजार १३३ कित्ता शेयर लिलाम मार्फत बिक्रीमा राखेको छ।

कम्पनीले हाल कम्पनीकै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो।

उक्त शेयरको प्रतिकित्ता न्यूनतम मूल्य १८० रुपैयाँ तोकिएको छ। खरिदकर्ताले आवेदन दिँदा सम्पूर्ण कित्ता खरिदका लागि आवेदन दिनु पर्नेछ। आवेदन आज पुस २२ गतेदेखि पुस २९ गते दिउँसो २ बजेभित्र पेश गरिसक्नु पर्नेछ।

खरिदकर्ताले प्रतिस्पर्धात्मक रूपमा रकम उल्लेख गरी बिक्री पबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा आवेदन बुझाउनु पर्नेछ।

साथै तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि आवेदन नपरेमा सो शेयर सर्वसाधारणमा बिक्री गरिने कम्पनीले जनाएको छ।

 

prabhu mahalaxmi
kumari