stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

बैंक र विकास बैंकहरूको विपन्न वर्ग कर्जा घट्यो

फाइनान्स कम्पनीहरूको मात्र ०.१८ प्रतिशतले बढयो

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बीस वटा क वर्गका वाणिज्य बैंकहरूले विपन्न वर्गमा प्रवाह हुने कर्जा घटाउँदै लगेका छन् । पछिल्लो समय वित्तीय क्षेत्रमा खराब कर्जा बढेसँगै वाणिज्य बैंकहरूले विपन्न वर्ग कर्जा पनि घटाउन थालेका छन् ।

मेडिकल तथा घर जग्गा व्यवसायी दुर्गा प्रसाईंले बीस लाख सम्मको ऋण मिनाहा गर्नुपर्छ भन्दै दुई वर्ष अगाडिदेखि देशभर आन्दोलन गरेको र कतिपय बैंक तथा वित्तीय संस्थाका शाखा प्रमुख, ऋण अधिकृत, ऋण विभाग प्रमुख र प्रमुख कार्यकारी अधिकृतलाई व्याज र हर्जना मिनाहा गर्न, कर्जा र व्याज तिर्न सार्वजनिक सुचना प्रकाशित भएकाहरूलाई ऋण नतिर्न र लिलाम बिक्रीको सुचना निकालेकोमा लिलाम बिक्री समेत गर्न नदिएको कारण अहिले पनि बैंकहरूले विपन्न वर्गमा प्रवाह गरेको कर्जाको धेरै हिस्सा निष्क्रिय कर्जामा वर्गीकरण भएको छ । त्यसैले बैंकहरूले विपन्न वर्गमा जाने साना कर्जा घटाउँदै लगेका छन ।

नेपाल राष्ट्र बैंक स्रोतका अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमास साउनदेखि असोज मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले ५२ खर्ब ८७ अर्ब ९७ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा औसतमा ४.४२ प्रतिशत निष्क्रिय कर्जा देखिएको छ । यस्तै कुल कर्जाको ६.१७ प्रतिशतले हुने तीन खर्ब २२ अर्ब २६ करोड ७९ लाख ९५ हजार आठ सय रुपैयाँबराबरको कर्जा विपन्न वर्गमा प्रवाह गरेका छन् ।

बैंकिङ क्षेत्रले विपन्न वर्गमा प्रवाह गरेको यो कर्जा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.७३ प्रतिशत अर्थात् १८ अर्ब ३१ करोड ३१ लाख पाँच हजार रुपैयाँले चालू आर्थिक वर्षको त्रैमासमा कम हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले ४९ खर्ब ९३ अर्ब ९२ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा ओैसत ६.९० प्रतिशतले हुने तीन खर्ब ४४ अर्ब ५८ करोड ११ लाख एक हजार रुपैयाँ कर्जा विपन्न वर्गमा प्रवाह गरेका थिए ।

वाणिज्य बैंकहरूले ४६ खर्ब ७३ अर्ब ७२ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा ५.९८ प्रतिशतका दरले हुने दुई खर्ब ७९ अर्ब ४८ करोड ८५ लाख १५ हजार आठ सय रुपैयाँबराबरको कर्जा विपन्न वर्गमा प्रवाह गरेका छन् ।

जुन गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा ०.४४ प्रतिशत अर्थात् चार अर्ब २१ करोड सात लाख छ हजार चार सय रुपैयाँ कम हो । गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूले ४४ खर्ब १८ अर्ब ९९ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा ६.४२ प्रतिशतले हुने दुई खर्ब ८३ अर्ब ६९ करोड ९२ लाख २२ हजार दुई सय रुपैयाँबराबरको कर्जा विपन्न वर्गमा प्रवाह गरेका थिए ।

सञ्चालनमा रहेका १७ वटा विकास बैंकहरूले भने चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा कुल पाँच खर्ब ११ अर्ब ५४ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा ७.७६ प्रतिशतले हुने ३९ अर्ब ६९ करोड ५५ लाख ८१ हजार छ सय रुपैयाँबराबरको कर्जा विपन्न वर्गमा प्रवाह गरेका छन् ।

जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.४८ प्रतिशत अर्थात् १४ अर्ब ४३ करोड ४१ लाख २२ हजार आठ सय रुपैयाँ कम हो । गत आर्थिक वर्षको सोही अवधिमा विकास बैंकहरूले चार खर्ब ८१ अर्ब ५८ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा ११.२४ प्रतिशतका दरले हुनआउने ५४ अर्ब १२ करोड ९७ लाख चार हजार रुपैयाँ कर्जा विपन्न वर्गमा प्रवाह गरेका थिए ।

सञ्चालनमा रहेका १७ वटा फाइनान्स कम्पनीहरूले चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा एक खर्ब दुर्ई अर्ब ७१ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेको मध्ये ७.१९ प्रतिशतका दरले हुने सात अर्ब ३८ करोड ४९ लाख ९२ हजार आठ सय रुपैयाँबराबर विपन्न वर्गमा प्रवाह गरेका छन् । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.१८ प्रतिशत अर्थात् ५० करोड ४५ लाख ८१ हजार नौ सय रूपैयाँले बढी हो ।

गत आर्थिक वर्षको सोही अवधिमा फाइनान्स कम्पनीहरूले ९३ अर्ब ३५ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गर्दा ७.३७ प्रतिशतले हुने छ अर्ब ८८ करोड चार लाख १० हजार नौ सय रुपैयाँ विपन्न वर्गमा प्रवाह गरेका थिए ।

prabhu mahalaxmi
kumari bank
kumari