stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज पौने १८ अर्बको ट्रेजरी बिल बोलकबोल गर्दै

पहिलो त्रैमासको आन्तरिक ऋणको लक्ष्य पूरा हुने

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार १७ अर्ब ७५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ ।

नेपाल सरकारको राष्ट्र ऋण बोलकबोल तालिका अनुसार सोमबार उक्त ट्रेजरी बिल बोलकबोल हुन लागेको हो ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार ५ अर्ब रुपैयाँ बराबरको नयाँ (फ्रेंस) तथा १२ अर्ब ७५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरणको लागि बोलकबोल हुन लागेको हो ।

बोलकबोलमा आज विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म अनलाइन माध्यमबाट सहभागी हुन सकिनेछ । सोमबार बोलकबोल हुने ट्रेजरी बिल मंगलबार निष्कासन हुने कार्यालयले जनाएको छ ।

सरकारले ५ अर्ब बराबरको २८ दिने र ७ अर्ब ७५ करोड बराबरको ९१ दिने ट्रेजरी बिल नविकरण गर्न लागेको हो भने ५ अर्ब बराबरको १८२ दिने नयाँ ट्रेजरी बिल जारी गरेको हो ।

सरकारले यसअघि नयाँ ट्रेजरी बिल जारी गरेर ३० अर्ब तथा विकास ऋणपत्र बिक्री मार्फत ८० अर्ब आन्तरिक ऋण उठाइसकेको छ ।

सरकारले चालु आवको पहिलो त्रैमास अर्थात असोजमसान्तसम्म १ खर्ब १५ अर्ब आन्तरिक ऋण उठाउने तालिका सार्वजनकि गरेको थियो ।

आज सरकारले ५ अर्ब रुपैयाँ बराबरको नयाँ ट्रेजरी बिल बोलकबोल गरेपछि चालु आर्थिक वर्षको पहिलो त्रैमास अर्थात असोजसम्म उठाउने आन्तरिक ऋणको लक्ष्य समेत पूरा हुनेछ ।

बैंक वित्तीय संस्थामा लगानी योग्य पुँजी पर्याप्त भएपछि ट्रेजरी बिलको ब्याजदरमा समेत गिरावट आएको छ । अहिले सबै प्रकारका ट्रेजरी बिलको ब्याजदर ३ प्रतिशत भन्दा तल नै रहेको छ ।

यसअघि गत असोज ७ गते बोलकबोलमा ९१ दिन अवधिको ट्रेजरी बिलको औसत डिस्काउन्ट रेट २.९५ प्रतिशत कायम भएको थियो ।

चालु आर्थिक वर्षमा सरकारले बजेटमार्फत ३ खर्ब ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ ।

यसै क्रममा सरकारले चालु आर्थिक वर्ष सुरु भएयता हालसम्म १ खर्ब १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइसकेको छ । सरकारले ट्रेजरी बिल्स र विकास ऋणपत्र बिक्री गरेर आन्तरिक ऋण उठाएको हो ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long