stcnepal long ad
ime life insurance
national life
global ime bank long

सानिमा बैंकले पायो आइटी सेवाका लागि आईएसओ प्रमाणपत्र

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सानिमा बैंकले आन्तरिक तथा बाह्य ग्राहकलाई बैंकिङ क्षेत्रमा सुरक्षित र गुणस्तरीय आइटी सेवाका लागि प्रतिष्ठित आईएसओ २७००१:२०२२ प्रमाणपत्र प्राप्त गरेको छ ।

बैंकले ग्राहकको डाटा र आफ्नो प्रणालीको सुरक्षालाई सधैं प्राथमिकतामा राख्दै आएकाले यो प्रमाणपत्र प्राप्त गरेको जनाएको छ ।

आईएसओ २७००१:२०२२ प्रमाणीकरण प्रक्रियाले बैंक सूचना सुरक्षा व्यवस्थापन प्रणाली (आईएसएमएस)( मा कति कडा छ भन्ने मूल्यांकन गरेको जनाइएको छ ।मूल्यांकन एएमटीआईभीओ समूहले गरेको थियो ।

बैंक यसको सूचना सुरक्षा मापदण्डहरू कायम राख्न र सुधार गर्न समर्पित रहने पनि बैंकले उल्लेख गरेको छ ।

सानिमा बैंकले ७ वटै प्रदेशमा १३३ कार्यालय र १२४ एटीएम सञ्जालबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

IME Lifesidebar
kumari