sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

नेपाली हस्तकलाको हिमालयन इन्टरनेशनल प्रदर्शनी आयोजना हुने

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली हस्तकला व्यवसायलाई विश्वव्यापीकरणमा सहयोग पुरयाउने उद्देश्यले यहि २०८१ असोज १७ गतेदेखि १९ गतेसम्म काठमाडौंकाे भृकुटीमण्डपमा हिमालयन इन्टरनेशनल एक्स्पो आयोजना हुने भएकाे छ ।

असाेज १७ गते घटस्थापनाका दिनबाट आरम्भ हुने एक्स्पोमा नेपाली हस्तकलाका दर्जनौँ उत्पादनहरु समावेश हुनेछन् ।

काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने एक्स्पोमा अल्लो, सिस्नो, केरा, बाँस, केतुकी, भूइँकटहरलगायत प्राकृतिक रेशाबाट बनेका कपडाका उत्पादन लगायतका व्यापारिक कक्ष राखिनेछन् ।

यस्तै, पश्मिना, स्टोन, माला, क्युरियाेका सामान, गलैँचा, गार्मेन्टका सामान, सिसा, पाइप, नेपाली कागज, मूर्तिकला, धातुकला, काष्ठकला, फेल्ट, गरगहना, हेनमेड पेपरहरु, पेपर प्याकेजहरु, नेपाली ढाका, कार्पेट, जडीबुटी, सजावटका सामान, पर्यटन उद्योगसँग सम्बन्धित सेवा पनि एक्स्पोमा हुने अध्यक्ष कपिल अधिकारीले बताएका छन ।

उनले एक्स्पाेका बारेमा जानकारी दिदै नेपाली उत्पादनको निर्यातलाई बढाएर देशलाई आर्थिक समृद्धिको दिशातर्फ अगाडि लैजान यो प्रदर्शनीले सहयोग पुर्‍याउने उद्देश्य राखिएकाे बताए ।

प्रदर्शनीमा सयौँ विदेशी व्यापारी तथा खरिदकर्ता खासगरी अमेरिका, क्यानडा, युरोप, चीन, भारतलगायत अन्य देशबाट आउने अपेक्षा गरिएको आयाेजक संस्थाले जनाएकाे छ । एक्स्पोमा सय भन्दा बढी स्टलहरु रहनेछन् ।

नेपाली हस्तकलाको प्रवर्द्धनमा लामो समयदेखि लागिरहेको हिमालयन एक्स्पोले देश बाहिर पनि विभिन्न मुलुकमा मेला आयोजना गर्दै आएको छ । नेपाली उत्पादनलाई विश्वबजारमा सुलभ तरिकाले पुर्‍याउने उद्देश्यले अमेरिकाका विभिन्न राज्यमा एक्स्पो सम्पन्न भइसकेको छ ।

यो एक्स्पो लगत्तै जनवरी ३१ देखि फेब्रुअरी २ सम्म लास भेगसमा र अप्रिल ४ देखि ६ मा लस एन्जलसमा आयोजना हुँदैछ । यस्तै क्यानडा, बेलायतलगायत देशमा पनि आयोजना गर्ने लक्ष्य रहेको संस्थाले जनाएकाे छ ।

बिटुबी मोडलमा हुने हिमालय इन्टरनेशल एक्स्पो हस्तकला प्रदर्शनी नेपालको सबैभन्दा ठूलो प्रदर्शनी हो । विश्वका विभिन्न मुलुकबाट क्रेताहरू पनि व्यापार कक्षमा आउने गर्छन् । हिमालयन एक्स्पोको उद्देश्य हस्तकला उद्योगको प्रदर्शन र प्रवर्द्धन गरी विश्वबजारमा चिनाउनु हो ।

एक्स्पोको उद्देश्य हस्तकलासँग सरोकार राख्नेका लागि लगानी र व्यापारको अवसर सिर्जना गर्नु पनि रहेकाे अध्यक्ष अधिकारीले बताएका छन ।

gold
kumari bank
nawakantipur long