sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

चुनौतीबिच पनि बढ्यो वाणिज्य बैङ्कको नाफा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । चुनौतीबिच पनि वाणिज्य बैङ्कहरूको नाफा बढेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना साउनमा वाणिज्य बैङ्कहरूको नाफा नौ अर्ब नाघेको छ ।

गत वर्षदेखि नै अर्थतन्त्रमा देखिएको शिथिलताको असर मुलुकको बैङ्किङ क्षेत्रमा पनि परेको देखिन्छ । समग्र व्यापारमा कमी, उधारो नउठ्ने, चेकहरू बाउन्स हुने, खराब कर्जा पनि बढेको छ । जसले गर्दा बैङ्कहरूले सोचेजस्तो नतिजा दिन सकेका छैनन् तर पनि बैङ्कहरूको नाफा भने अघिल्लो वर्षको तुलनामा बढी हो ।

नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउनमा २० वटा वाणिज्य बैङ्कले कुल नौ अर्ब १७ करोड ६१ लाख रुपियाँ नाफा आर्जन गरेका हुन् ।

यो नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७.६३ प्रतिशत बढी हो । अघिल्लो वर्षको सोही अवधिमा बैङ्कहरूले आठ अर्ब ५२ करोड रुपियाँ नाफा आर्जन गरेका थिए ।

नाफा आर्जनको हिसाबले ग्लोबल आइएमई बैङ्कले अग्रता कायम गरेको छ । ग्लोबल आइएमई बैङ्कले ८९ करोड २४ लाख रुपियाँ नाफा आर्जन गरेको छ । ग्लोबल आइएमई बैङ्कलाई पछ्याउँदै नबिल बैङ्क दोस्रो स्थानमा परेको छ ।

नबिल बैङ्कले साउनमा ८० करोड ३३ लाख रुपियाँ नाफा आर्जन गरेको छ । यता सबैभन्दा कम नाफा आर्जन गर्ने बैङ्कमा माछापुच्छ्रे बैङ्क रहेको छ । माछापुच्छ्रे बैङ्कको नाफा २० करोड २४ लाख रुपियाँमा सीमित भएको छ ।

यता सरकारी स्वामित्वको कृषि विकास बैङ्क नाफा कमाउनेमध्ये तेस्रो स्थानमा आइपुगेको छ । कृषि विकास बैङ्कले ७१ करोड २० लाख रुपियाँ नाफा आर्जन गरेको छ ।

नाफा कमाउनेमा चौथो बनेको हिमालयन बैङ्कले साउनमा ५८ करोड ८० लाख रुपियाँ नाफा आर्जन गरेको छ । नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कले ५७ करोड ७५ लाख रुपियाँ नाफा आर्जन गरेर पाँचौँ स्थानमा पुगेको छ ।

प्रभु बैङ्कले ५३ करोड ८० लाख रुपियाँ, प्राइम कमर्सियल बैङ्कले ५० करोड ५५ लाख रुपियाँ, कुमारी बैङ्कले ५० करोड ३५ लाख रुपियाँ, लक्ष्मी सनराइज बैङ्कले ४३ करोड ३२ लाख रुपियाँ, एनएमबी बैङ्कले ४२ करोड ७२ लाख रुपियाँ र एभरेस्ट बैङ्कले ४२ करोड २९ लाख रुपियाँ नाफा आर्जन गरेर क्रमशः छैटौँ, सातौँ, आठौँ, नवौँ, १० औँ र ११ औँ स्थानमा रहेका छन् ।

यस्तै सानिमा बैङ्कले ३८ करोड २६ लाख रुपियाँ, राष्ट्रिय वाणिज्य बैङ्कले ३६ करोड छ लाख रुपियाँ, सिद्धार्थ बैङ्कले ३४ करोड ८८ लाख रुपियाँ, सिटिजन्स बैङ्कले ३४ करोड २२ लाख रुपियाँ, नेपाल एसबिआई बैङ्कले ३३ करोड ३४ लाख रुपियाँ र स्ट्यान्डर्ड चार्टर्ड बैङ्कले ३१ करोड १५ लाख रुपियाँ नाफा आर्जन गरेका छन् ।

तुलनात्मक रूपमा कम नाफा आर्जन गर्ने बैङ्कहरूमा एनआईसी एसिया बैङ्क, नेपाल बैङ्क र माछापुच्छ्रे बैङ्क रहेका छन् ।

चालु आर्थिक वर्ष२०८१/८२ को पहिलो महिना साउनमा एनआईसी एसिया बैङ्कले २६ करोड ६३ लाख रुपियाँ, नेपाल बैङ्कले २२ करोड ३९ लाख रुपियाँ र माछापुच्छ्रे बैङ्कले २० करोड २४ लाख रुपियाँ नाफा आर्जन गरेका छन् ।

prabhu bank
nawakantipur long