stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

‘अर्थतन्त्र र राष्ट्रको हितलाई केन्द्रमा राखेर मौद्रिक नीति ल्याइने’

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्र र राष्ट्रको हितलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याइने बताउनुभएको छ ।

नेपाल व्यवस्थापन सङ्घले आगामी आव २०८१/८२ को मौद्रिक नीतिबारे आयोजना गरेको अन्तर्क्रियामा उहाँले अर्थतन्त्रका सूचकले अर्थतन्त्र क्रमिक रूपमा सहजता सङ्केत गरिरहेको भन्दै सूचककै सङ्केत अनुरूप मौद्रिक नीति ल्याइने बताउनुभएको हो ।

पछिल्लो समय मूल्यवृद्धि दक्षिण एसियाली मुलुककै तुलनामा नेपालमा कम रहेको, बाह्य क्षेत्रको अवस्था सन्तुलित रहेको जिकिर उहाँले गर्नुभयो । उद्योगी व्यवसायीले बजार मागमा सङ्कुचन आएको गुनासो गरिरहँदा गभर्नर अधिकारीले युवा जनशक्ति बिदेसिने क्रम उच्च भएकाले मागमा पनि कमी आएको धारणा राख्नुभयो ।

निर्माण क्षेत्रमा देखिएको शिथिलता उल्लेख गर्दै उहाँले आगामी आवको बजेटले त्यस्तो शिथिलता चिर्ने जनाउनुभयो । उद्योगी व्यवसायीले बढी नकारात्मक धारणा पाल्ने र समय अनुसारका व्यावसायिक रणनीति नअपनाउँदा पनि समस्या रहेको भन्दै उपयुक्त व्यावसायिक नीति तय गरेर अगाडि बढ्न सुझाव दिनुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले पछिल्लो समय व्यावसायिक क्षमता उपयोग ४० प्रतिशतमा सीमित भएको भन्दै सरकारले ल्याउने नीतिमा स्थिरता नहुँदा उद्यगी व्यवसायीले समस्या भोग्नु परेको चर्चा गर्नुभयो ।

“पछिल्ला मौद्रिक नीतिले बजारको अवस्थालाई सम्बोधन गरेन,” उहाँले भन्नुभयो, “उद्यमी व्यवसायी विवेकशील र व्यावसायिक नियमन होस् भन्ने चाहन्छौँ ।” उहाँले आगामी मौद्रिक नीतिले उत्पादनशील, धरेलु तथा साना प्रकृतिका उद्योगमा लगानी विस्तार गर्नेमा ध्यान पु¥याउनुपर्ने बताउनुभयो ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले विगतमा सङ्कुचित मौद्रिक नीति आउँदा निजी क्षेत्रले समस्या भोग्नु परेको भन्दै निजी क्षेत्रको मनोबल बढाउने गरी नयाँ मौद्रिक नीति ल्याउन सुझाव दिनुभयो ।

kumari bank
kumari
nawakantipur long