‘गलत गर्ने सहकारीलाई तत्काल कारवाही हुन्छ
काठमाडौं । सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले गलत गर्ने सहकारीलाई तत्काल कारवाही हुने बताएका छन् ।
बिहीबार स्मार्ट च्वाइस टेक्नोलोजी, राष्ट्रिय सहकारी बैंक र ग्लोबल आइएमई बैंकको सहकार्यमा काठमाडौंमा आयोजित सहकारीका लागि कोप कार्ड शुभारम्भ कार्यक्रममा बोल्दै उनले सो बताएका हुन् ।
‘गलत गर्नेलाई र सदस्यको पैसा उठाएर अनुत्पादक क्षेत्रमा लगानी गर्नेलाई तत्काल कारवाही गर्छु,’ उनले भने ।
पछिल्लो समय एकपछि अर्को सहकारीमा समस्या देखिएको भन्दै उनले सो बताएका हुन् । साथै, सहकारीले सदस्यको हितमा काम गर्नुपर्ने र प्रविधिमैत्री हुनुपर्ने उनको भनाई छ





















