stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आदर्श सञ्चारकर्मी पन्तलाई केशव बडाल सहकारी पत्रकारिता पुरस्कार प्रदान

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

पोखरा । आदर्श सञ्चार सहकारी संस्था लिमिटेडका सहसम्पादक सिर्जना पन्तलाई केशव बडाल सहकारी पत्रकारिता सम्मान २०७७ प्रदान गरिएको छ ।

नेपालको सहकारी अभियानका शिर्ष व्यक्तित्व केशव बडालको नाममा स्थापना गरिएको नगद १५ हजार सहितको उक्त सम्मान मंगलवार पोखरामा आयोजित सहकारी मार्फत आर्थिक समृद्धिका लागि प्रदेश तथा स्थानीय तहको भूमिका विषयक प्रादेशिक गोष्ठीका अवसरमा पन्तलाई प्रदान गरिएको हो ।

राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोवल बोर्ड सदस्य ओमदेवी मल्लले उक्त पुरस्कारको स्थापना गर्नु भएको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाम्फेले पुरस्कृत पन्तलाई नगद १५ हजार, कदरपत्र सहित पुरस्कृत गर्नु भएको हो । सो अवसरमा बोल्दै मन्त्री तुम्बाहाम्फेले पत्रकारहरुले समाज रुपान्तरणका लागि महत्वपूर्ण भूमिका खेल्ने भएकाले सकारात्मक सोचका साथ अगाडि बढ्न आव्हान गर्नु भयो ।

हरेक वर्ष रिलायवल वचत तथा ऋण सहकारी संस्थाको साधारणसभा प्रदान गर्ने गरी स्थापना भएको उक्त सम्मान यस वर्ष पन्तलाई प्रदान गरिएको हो ।

बागलुङ जिल्लालाई कार्यक्षेत्र बनाएर विगत १ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल पन्त आदर्श सञ्चार सहकारी संस्थाद्वारा प्रकाशित तथा सञ्चालित धौलागिरी जागरण दैनिक, अग्रसर साप्ताहिक र आदर्श सञ्चार अनलाइनका सहसम्पादक हुनुहुन्छ ।

केशव बडाल सहकारी सम्मान २०७६ बाट सहकारी पत्रकार समाजका पूर्व अध्यक्ष यादव हुमागाई सम्मानित हुनु भएको थियो ।
रिलायव वचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारणसभामा घोषणा गरिएको पुरस्कार पोखरामा आयोजित कार्यक्रममा प्रदान गरिएको पुरस्कारका संरक्षक ओमदेवी मल्लले जानकारी दिनुभयो ।

prabhu mahalaxmi
kumari