stcnepal long ad
ime life insurance
national life
global ime bank long

पृथ्वी यातायात सहकारी संस्थाबाट विद्यार्थीहरुलाई न्यानो कपडा सहयोग

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

पोखरा । पृथ्वी यातायात सहकारी संस्थाको तेस्रो वार्षिक उत्सवको अवसरमा विद्यार्थीहरुलाई न्यानो कपडा सहित विद्यालय हातामा सरसफाई गरिएको छ ।

सहकारी संस्थाले अन्नपूर्ण गाउँपालिका सल्यानमा रहेको श्री बराह आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्याना कपडा र स्टेस्नरी सहित विद्यालय वरपर सफाई गरिएको संस्थाका प्रबन्धक सपना रेग्मीले बताइन ।

पृथ्वी राजमार्ग बस समितिमा आवद्ध यातायात व्यवसायीहरुको हकहित सहित आर्थिक सहभागिताका लागी शुरु गरीएको संस्थामा यातायात व्यवसायीहरु आवद्ध रहेको छ ।

सो कार्यक्रममा पोशाक वितरण गर्दै संस्थाका अध्यक्ष योगेन्द्र बहादुर के.सी. ले सहकारी कारोबार, सदस्य सेवा सङ्गै संस्थाले सामाजिक कार्यहरु पनि गर्दै आएको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तायकाजी गुरुङ्गको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रधानाध्यापक प्रेम बहादुर के.सी., शिक्षक अभिभावक संघका अध्यक्ष धनबहादुर के.सी., पृथ्वी राजमार्ग  बस समितिका  वरिष्ठ प्रवन्धक ज्ञान बहादुर के.सी.ले आ–आफ्ना धारणा राख्नु भएको थियो ।

prabhu mahalaxmi
kumari