sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

आईसीएफसी फाइनान्सले ३० करोडको ऋणपत्र जारी गर्ने अनुमति पायो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आईसीएफसी फाइनान्सले ३० करोड रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले आईसीएफसी फाइनान्सलाई ‘आईसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर–२०८८’ जारी गर्न अनुमति दिएको हो।

योसँगै अब कम्पनीले १ हजार रुपैयाँ अंकित दरका कुल ३ लाख इकाइ ऋणपत्र जारी गर्नेछ। फाइनान्स कम्पनीले कुल इकाइमध्ये १ लाख ८० हजार इकाइ व्यक्तिगत तबरबाट र बाँकी १ लाख २० हजार इकाइ सर्वसाधारणलाई बिक्री गर्नेछ। ऋणपत्र बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।

फाइनान्स कम्पनीको यो ऋणपत्र ७ वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक ९ प्रतिशत ब्याज पाउनेछन्।

gold
prabhu bank
nawakantipur long