citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

जीवी राई र दीपेश पुनको समूहले १ अर्बभन्दा बढी अपचलन गरेको प्रहरी प्रतिवेदन

२८ जना प्रतिवादी विरुद्ध माग दाबी

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौं । सर्वसाधारणको एक अर्बभन्दा बढी रकम अपचलन गरेका सुप्रिम सहकारीका अध्यक्ष जीवी राईसहित २८ जनालाई प्रतिवादी बनाएर रुपन्देही प्रहरीले आफ्नो अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको छ ।

प्रहरीले प्रतिवादी बनाएका २८ जनामध्ये अहिलेसम्म ५ जना पक्राउ परेका छन् । अरूलाई फरार सूचीमा राख्दै प्रहरीले दुई महिना लगाएर तयार गरेको प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा २८ जना प्रतिवादीलाई १ अर्ब २ करोडको बिगो मागदाबी गरिएको छ ।

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीका १० हजार बचतकर्ता अन्यायमा परेको भन्दै प्रहरीमा आफूहरू ठगिएको निवेदन दिएका छन् ।

दुई महिनाको अनुसन्धानपछि २८ जना प्रतिवादी र १ अर्ब २ करोड बिगो मागदाबी गरेर जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको रुपन्देहीका एसपी रञ्जित सिंह राठौरले बताए ।

को–को छन् प्रतिवादी ?
प्रहरी प्रतिवेदनमा ओखलढुङ्गा घर भएका गितेन्द्रबाबु (जीवी) राईसहित २८ जनालाई प्रतिवादी बनाएको छ ।

सुप्रिमको रकम हिनामिना प्रकरणमा अध्यक्ष ओमप्रसाद गुरुङ, पूर्व उपराष्ट्रपतिका छोरा एवं पूर्व कोषाध्यक्ष दीपेश पुन, दुर्गा चापागाईँ पाण्डे, दीपक न्यौपाने र निता थापा मगर पक्राउ परेका छन् । ५ जनाबाहेक अरूलाई फरार प्रतिवादी कायम गरिएको छ । पुन चैत २ मा काठमाडौँबाट पक्राउ परेका हुन् ।

सुप्रिम सहकारीमा राखेको निक्षेप हिनामिना गरेर ठगी गरेको आरोप लगाएर १ हजार ८३१ जनाले इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएका छन् । उनीहरूको ८६ करोड १८ लाख २३ हजार रकम हिनामिना भएको देखिएको छ ।

तर, सहकारीको कुल १ अर्ब २ करोड रकम हिनामिना भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । प्रहरीमा थोरै सङ्ख्यामा निवेदन दिइए पनि १० हजार सदस्यहरू यसबाट पीडित भएको भन्दै उनीहरूले संगठित रूपमै आफ्ना आवाजहरू उठाएका छन् ।

himalayan life insurance
igi long