citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

सहकारी बचतकर्तालाई पैँतिसदिने सूचना

Prabhu Insurance Long Ad
nawakantipur long
himalayan Everest Insurance long ad

काठमाडौँ। समस्याग्रस्त घोषित हाम्रो नयाँ कृषि सहकारी, कृषि बहुउद्देश्यीय सहकारी र कान्तिपुर बचत तथा ऋण सहकारीका बचतकर्तालाई ३५ दिनभित्र माग दाबी गर्नुपर्ने भएको छ ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले यी तीनै सहकारीका बचतकर्तालाई अनलाइन मार्फत माग दाबी पेस गर्न सार्वजनिक सूचना जारी गरेको छ ।

कार्यालयले जारी गरेको सूचनामा समस्याग्रस्त घोषित हाम्रो नयाँ कृषि सहकारी, कृषि बहुउद्देश्यीय सहकारी र कान्तिपुर बचत तथा ऋण सहकारीका बचतकर्तालाई ३५ दिनभित्र माग दाबी गर्न भनिएको हो ।

बचतकर्ताको रकम फिर्ता गर्न नसकी समस्यामा परेका यी सहकारीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत भदौ २५ गते समस्याग्रस्त सहकारीका रूपमा घोषणा गरेको थियो ।

यी तीनै सहकारीलाई सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम समस्याग्रस्त घोषणा गरी सोही ऐनको दफा १०५ बमोजिम उक्त संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीका लागि समितिमा आएको थियो ।

सोहीबमोजिम समस्याग्रस्त संस्था वा सङ्घका सदस्य बचतकर्ता तथा साहुलाई आफूले पाउनुपर्ने रकम समितिको वेबसाइटमा गई सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र अनलाइनमार्फत सप्रमाणसहित माग दाबी पेस गर्न समितिले सूचित गरेको छ ।

 

himalayan life insurance
igi long