stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

जाल्पादेवी बहुउद्देश्यीय समितिमा पुनः विजुक्छे

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

पोखरा । जाल्पादेवी बहुउद्देश्यीय समितिको १० औँ अधिवेशनले विश्वकुमार विजुक्छेको अध्यक्षतामा ११ सदस्य कार्यसमिति चयन गरेको छ ।

सो समितिको उपाध्यक्षमा शान्ति सिग्देल, महासचिव महेश्वर गिरी, सचिव उर्मिला भट्टराई, कोषाध्यक्ष नरबहाहुर भूजेल , सदस्यहरुमा रेनु थापा, दयाराम सुवेदी, सविना विजुक्छे, केदार कुवँर, सन्जीव विजुक्छे र अमृता गिरी रहेका छन् ।

सो अधिवेशनको शुभारम्भ गर्दै पोखरा महानगरपालिका वार्ड नं। ८ का अध्यक्ष रुद्रनाथ बरालले स्थानीय विकास: निर्माणमा स्थानीय संघ संस्थाको भूमिका महत्वपूर्ण रहने हुदाँ विकास निर्माण वार्ड सङ्गै रहने बताए ।

समितिको अध्यक्ष विश्वकुमार विजुक्छेको सभापतित्वमा भएको कार्यक्रममा संस्थापक अध्यक्ष गणेश बहादुर अधिकारी, जनप्रिय बहूमुखी क्याम्पसका अध्यक्ष विरेन्द्र नारायण विजुक्छे, निर्वाचन संयोजक कृष्णमान ठुसाजु, पूर्व अध्यक्ष मिनप्रसाद भट्टराई, सृजना महिला सहकारीका अध्यक्ष सुष्मा बराल, पृथ्वीचोक सामुदायिक  केन्द्रका  पूर्व अध्यक्ष चिरन्जिवी श्रेष्ठ लगाएतले आ आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा सस्ंथाको गतिबिधि सहित सामाजिक कार्यमा सहयोग गरेबापत जाल्पादेवी महिला उद्दार समुह, सृजना विकास केन्द्र, रमेशकुमार श्रेष्ठ लगायतलाई सम्मान गरीएको थियो ।

साधारण सभाले महासचिव शान्ति सिग्देल, कोषाध्यक्ष नरबहादुर भूजेलद्धारा प्रस्तुत संस्थागत प्रतिवेदन पारित सहित स्थानिय साँस्कृतिक संरक्षण अभियानमा समितिले थप कार्य गर्ने निर्णय गरेको छ ।

 

prabhu mahalaxmi
kumari