एनआइसी एसिया बैंकले ७२ स्थानको सम्पत्ति लिलामी बिक्री गर्दै, ७ दिनभित्र बोलपत्र पेश गर्नुपर्ने

काठमाडौं । एनआइसी एसिया बैंकले देशका विभिन्न स्थानमा रहेका ७२ स्थानको घरजग्गा बिक्री गर्ने जनाएको छ । बैंकले आज एक सूचना प्रकाशित गरेर लिलामी सकारेर पनि बिक्री हुन नसकिरहेको गैर बैंकिङ सम्पत्तिको रुपमा रहेका यी घरजग्गाको पुनः बिक्री गर्न लागेको जनाएको छ ।
बैंकले काठमाडौं, रुपन्देही, बारा, पर्सा, रौतहट, सिराहा, चितवन र झापालगायतका विभिन्न स्थानमा रहेको सम्पत्ति बिक्री गर्न लागेको हो ।
यसको लागि बैंकले ७ दिने गोप्य शिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरेको छ । बैंकले कर्जा प्रवाह गर्दा समयमा साँवा–ब्याज असुली नभएपछि धितोमा राखेका गैर बैंकिङ सम्पतिहरु लिलामी प्रकृया अघि बढाएको हो ।