sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्था १७ औ बर्षमा

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

पोखरा । सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्थाको १७ औ बार्षिक उत्सवको अवसरमा लायन्स क्लव अफ पोखरा दर्पणको संयुत्त आयोजनामा खुल्ला रत्तदान गरेको छ ।

मानवीय कार्यमा सहकार्यको भावना भन्ने उद्देश्य सहित रत्तदान गरीएको सहकारीका अध्यक्ष कृष्ण बहादुर थापाले बताए ।

कार्यक्रम शुभारम्भ गदै संस्थाका पुर्ब अध्यक्ष एवं लायन्स डिष्द्रीक प्रमुख प्रेम बहादुर जि।सी ले पहिलो रत्तदातालाई आकस्मीक रत्तदान समुहका प्रमुख हरिश्चन्द्र शर्मा, क्लवका अध्यक्ष एवं इन्जिनियर किरण के.सी लाई ब्लड ब्याग हस्तानतरण गदै सदस्य सेवा सङ्गै सामाजिक कार्यमा लाग्नु नै सच्चा मानवसेवा भएको बताए ।

सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर थापाको सभापत्तित्वमा भएको कार्यक्रममा क्लवका जोन प्रमुख विजेन्द्र शर्मा पुर्व अध्यक्ष राममणी पौडेल, रत्तसंचार केन्द्रका प्रमुख अर्जुन ज्ञवाली , लायन्स लिर्डर अमृत वराल , बालकृष्ण बराल ,जनप्रिय क्याम्पसका कोषाअध्यक्ष गणेश बहादुर अधिकारी , कार्यक्रम संयोजक शिव बहादुर थापा ,लायन्स रत्तदान कार्यक्रम प्रमुख जितेन्द्र शाक्य , संस्थाका सचिव कुल प्रसाद सुवेदी लगायतले आ आफ्नो धारणा राखेका थिए ।

२०६३मा स्थापित सहकारीले स्थापना देखी नियमित रत्तदान सहित विविध सामाजिक कार्यमा सकृय रहदै कुल ६० करोड को कारोबार सहित कर्जा लगानी ५३ करोड रहेको छ । संस्थाले समुदायको लागी रेडियो सराङ्गकोट संचालन गदै आएको छ ।

gold
kumari bank
nawakantipur long