citizens life insurance long ad
stcnepal long ad

सनराइज क्यापिटल र समाज डेण्टल हस्पिटल बिच द्धिपक्षीय सम्झौता

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौं तथा समाज डेण्टल हस्पिटल, नयाँ बानेश्वर, काठमाडौं बिच सहकार्य गर्ने सम्बन्ध सम्झौता भएको छ ।

आज असार १५ गते एक अर्काले आफ्ना ग्राहकहरुलाई प्रदान गर्दै आइरहेका सेवाहरुमा विशेष छुट दिने योजनाहरु सहित सनइज क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठ तथा समाज डेण्टल हस्पिटलका म्यानेजिङ्ग डाइरेक्टर शंखु घिमिरेले द्धिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सनराइज क्यापिटलले समाज समाज डेण्टल हस्पिटलका कर्मचारी ग्राहकहरुलार्ई निःशुल्क डिम्याट खाता खोल्ने सुविधा, डिम्याट खोलिएको एक आ।व।को डिम्याट शुल्कमा छुट, पोर्टफोलियो सेवामा इन्ट्रि लोड शुल्कमा ५० प्रतिशत तथा पर्फरमेन्स शुल्मा २० प्रतिशत छुट, निः शुल्क पोर्टफोलियो परामर्श सेवा, निः शुल्क वित्तीय तथा संस्थागत परामर्श सेवा, आवश्यक परेको अवस्थामा वित्तिय साक्षरता कार्यक्रमको व्यवस्था लगायतका सुविधा प्रदान गरिने जनाएको छ ।

त्यस्तै, समाज डेण्टल हस्पिटलले सनराइज क्यापिटलका कर्मचारी ग्राहकहरुलाई निःशुल्क विशेषज्ञ परामर्श, दाँत तथा मुखको परिक्षण जस्ता सेवामा समाज डेण्टलको प्रकाशित निश्चित सेवा शुल्कमा १५ प्रतिशत छुट दिने जनाएको छ ।

IME Life
kumari