citizens life insurance long ad
stcnepal long ad
ime life insurance
global bank

हिम पर्वत हाइड्रोले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

Nimb long ad
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले ५९ करोड १५ लाख रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न अनुमति पाएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५९ लाख १५ हजार कित्ता सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।

बोर्डले असोज २० गते आईपीओ निष्कासनका लागि अनुमति दिएको हो । आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ ।

सिटिजन्स क्यापिटलका अनुसार पछिल्ला केही महिनायता प्रारम्भिक सार्वजनिक निष्कासनका लागि अनुमति पाउनेमध्ये यो पहिलो निष्कासन हो, जसको बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल रहेको छ ।  अनुमति  पाएसँगै  हिम पर्वत हाइड्रोपावरले विभिन्न समूहका लागि सेयर निष्कासन गर्नेछ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिएर विदेशमा रोजगारी गरिरहेका नेपाली, सामूहिक लगानी कोष तथा कम्पनीका कर्मचारीका लागि सेयर निष्कासन गर्नेछ । त्यसपछि सर्वसाधारणका लागि समेत आईपीओ जारी गरिनेछ ।

IME Life
kumari