citizens life insurance long ad
stcnepal long ad
national life

सिभिल क्यापिटल मार्केट्सको साधारण सभा सम्पन्न

Prabhu Insurance Long Ad

काठमाडौं । सिभिल क्यापिटल मार्केट्स लिमिटेडको साधारण सभा सम्पन्न भएको छ । क्यापिटलले सिटिसी मल सुन्धारामा सभा सम्पन्न गरेको हो । सभाले अध्यक्षको प्रतिवेदन सहित सञ्चालक समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ ।

आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु उपर छलफल गरी पारित गरेको छ ।

त्यस्तै, कम्पनी ऐन, २०६३ को दफा ११३ अनुसार आर्थिक वर्ष २०७८/७९ को लागि नियुक्त लेखापरीक्षक र निजको पारिश्रमिक निर्धारण अनुमोदन गर्ने, कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यसैगरी सभाले सिभिल क्यापिटल मार्केट लिमिटेड र अन्य उपयुक्त संस्था एक आपसमा गाभ्न गाभिन र मर्जर गर्न वा प्राप्ति (एक्विजिसन) गर्न आवश्यक सहमती र सम्झौता गर्ने लगायत प्रचलित कानून अनुसार क्यापिटलको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव अनुमोदन गरेको छ ।

सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको संशोधनको सम्बन्धमा नियमनकारी निकायहरुबाट संशोधन, परिमार्जन तथा थपघट गर्न कुनै निर्देशन प्राप्त भएमा प्राप्त निर्देशन बमोजिम सो समेत मिलाई संशोधन वा परिमार्जन समेतका सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पारित गरेको छ ।

himalayan life insurance
igi long