साउन २६ गतेदेखि एनएमबि क्यापिटलले सुलभ इन्भेष्टमेन्ट फन्ड–२ निष्कासन गर्ने
काठमाडौं । एनएमबि क्यापिटलले साउन २६ गतेदेखि अर्को म्युचुअल फन्ड योजना बिक्री खुला गर्ने भएको छ । क्यापिटलले सुलभ इन्भेष्टमेन्ट फन्ड–२ को कुल १२ करोड इकाई निष्कासन गर्न लागेको हो ।
जसमध्ये १ करोड ६८ लाख इकाई वा कुल बिक्री भएको इकाईको १४ प्रतिशत कोष प्रवर्द्धक एनएमबि बैंक तथा १२ लाख इकाई वा १प्रतिशत योजना व्यवस्थापक एनएमबि क्यापिटललाई सुरक्षित गरिएको छ ।
बाँकी १० करोड २० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गर्न लागिएको योजना व्यवस्थापक लक्ष्मी क्यापिटलले जनाएको छ ।
यसमा साउन ३१ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै इकाई बिक्री नभएमा भदौ ९ गतेसम्म खुला रहनेछ ।
यसमा प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ । न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट इकाई भर्न सक्नेछन् ।
























