stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

स्टार्टअप एण्ड आइडिया फेष्ट २०२२ मा एनआइबिएल एस क्यापिटलको सहभागिता

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बैशाख ०५, २०७९ विराटनगरमा सम्पन्न भएको स्टार्टअप एण्ड आइडिया फेष्ट २०२२ मा NIBL Ace Capital Ltd. ले पनि सहभागिता जनाएको छ । संस्थागत परामर्शदाताको रुपमा सेवा प्रदान गर्दै आएको यस कम्पनीले उक्त कार्यक्रममा पनि सहभागीहरुलाई आफ्नो संस्थागत परामर्श सेवाको जानकारी गराउँदै सो सेवामार्फत् नविनतम् योजना र सोचहरुलाई व्यवसायिक पूर्णता दिने उद्देश्य राखेको बताएको छ ।

चैत्र १८, २०७८ बाट लिभिङ विथ आइसीटीले सातै प्रदेशमा इ(बिमाको मुख्य प्रायोजनमा स्टार्टअप एण्ड आइडिया फेष्ट २०२२ आयोजना आरम्भ गरेको थियो । डिजिटल क्षेत्रमा क्रियाशिल स्थानीय नवप्रवद्र्धकहरुलाई प्रवद्र्धन गर्ने र आवश्यक लगानीसमेत जुटाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो ।

NIBL Ace Capital Ltd ले संस्थागत परामर्श सेवामार्फत् व्यवसायिक योजना बनाउन (Business Plan),, व्यवसायको सम्भाव्यता अध्ययन गर्ने ]{ (Market Assessment & Feasibility) ,पूँजी संकलन गर्ने (Equity Raising), ऋण संकलनमा वित्तिय संस्था र व्यवसायी बीच मध्यस्थता गर्ने (Debt Raising & Loan Syndications) र अन्य व्यवसायिक जटिलताहरुमा उचित परामर्श प्रदान गर्दै आएको छ ।

 

 

 

 

 

prabhu mahalaxmi
kumari