stcnepal long ad
ime life insurance
national life
global ime bank long

एनआईसी एशियाले ल्यायो निःशुल्क डिम्याट र विशेष छुट योजना

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । एनआईसी एसिया क्यापिटलले आर्थिक वर्ष २०८३/८४ का लागि डिम्याट र मेरो सेयर सेवामा विभिन्न छुट तथा विशेष अफर सार्वजनिक गरेको छ ।

निक्षेप सदस्य सेवाअन्तर्गत ग्राहकलाई निःशुल्क डिम्याट खाता, विद्यार्थी लक्षित विशेष योजना तथा सीमित अवधिका लागि लाइफटाइम नवीकरण सुविधा उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।

क्यापिटलका अनुसार नयाँ डिम्याट खाता खोल्ने ग्राहकले निःशुल्क डिम्याट सेवा पाउनेछन् भने पहिलो वर्षको नवीकरण शुल्क पनि लाग्ने छैन ।

कम्पनीले ‘एक नेपाली, एक डिम्याट खाता’ अभियानलाई निरन्तरता दिँदै आफ्ना सेवा थप डिजिटल बनाएको जनाएको छ ।

विद्यार्थीलाई पुँजी बजारतर्फ आकर्षित गर्न ‘एनआईसी एसिया स्टुडेन्ट डिम्याट अकाउन्ट’ योजना पनि सञ्चालनमा ल्याइएको छ । यसअन्तर्गत निःशुल्क डिम्याट खाता, पहिलो वर्षको नवीकरण शुल्क छुट तथा निःशुल्क मेरो सेयर दर्ता सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

यसैगरी, सीमित अवधिका लागि डिम्याट र मेरो सेयर खाताको लाइफटाइम नवीकरण योजना पनि ल्याइएको छ । तोकिएको एकमुष्ट शुल्क तिरेर ग्राहकले आजीवन डिम्याट तथा मेरो सेयर नवीकरण सुविधा लिन सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ। यो योजना साउन मसान्तसम्म लागू रहने उल्लेख गरिएको छ ।

एनआईसी एसिया बैंकमार्फत डिम्याट खाता खोल्ने ग्राहकलाई पनि विशेष सुविधा उपलब्ध गराइएको छ । बैंकका शाखामार्फत डिम्याट तथा मेरो सेयर सेवा लिन सकिने व्यवस्था गरिएको क्यापिटलले जनाएको छ ।

IME Lifesidebar
kumari