stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

क्लब चौलानी र गरिमा क्यापिटलबीच आईपीओ निष्काशन सम्बन्धी सम्झौता

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । क्लव चौलानी लिमिटेड र गरिमा क्यापिटल लिमिटेड बीच साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता भएको छ । मंगलबारका बुढानिलकण्ठ, काठमाडौं स्थित होलिडे इन रिसोर्र्टमा सम्पन्न एक कार्यक्रमका बीच कम्पनीले गरिमा क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

सम्झौता पत्रमा क्लव चौलानी लिमिटेडका तर्फबाट अध्यक्ष राजेन्द्र केसी र गरिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराईले हस्ताक्षर गरेका छन् ।

वि.स. २०६५ साल वैशाख २५ गते प्राइभेट लिमिटेड कम्पनीको रूपमा स्थापना भएको क्लव चौलानी लिमिटेड २०८१ साल पौष २२ गते पब्लिक लिमिटेडमा रुपान्तरण भई सुदूरपश्चिम प्रदेशकै एक नमूना र पहिलो पाँचतारे होटलको रुपमा आफूलाई स्थापना गर्न लागेको छ ।

क्लव चौलानी लिमिटेडले आफ्नो जारी पूँजीको २० प्रतिशतले हुन आउने रकम आईपीओको रुपमा सर्वसाधारणको लागि निष्काशनगर्न लागेको हो ।

गरिमा क्यापिटल लिमिटेड गरिमा विकास बैंक लिमिटेडको सहायक कम्पनी तथा नेपाल धितोपत्र बोर्डबाटअनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो ।

यस संस्थाले लगानी व्यवस्थापन सेवा सामूहिक लगानीकोषको योजना व्यवस्थापन,धितोपत्र प्रत्याभूति सेवा,बिक्री प्रबन्धक,शेयर रजिष्ट्रार,र संस्थागत परामर्श सेवा प्रदान गदैँ आएको छ ।

गरिमा क्यापिटल लिमिटेडबाट प्रदान गरिने सेवाहरु ग्राहक समक्ष पुर्‍याउनका लागि गरिमा विकास बैंकलिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरु मार्फत सहजिकरण गर्दैैआएको छ ।

यस संस्थाले आफ्ना सेवाहरु अझपरिस्कृत र ग्राहकमैत्री तवरबाट प्रवाह गर्नको निमित्त विभिन्न नविनतम प्रविधिहरुको प्रयोग गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछ ।

prabhu mahalaxmi
kumari bank
kumari