stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

जस्मिन पेन्ट्सको साधारणसभा माघ ४ गते

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । जस्मिन पेन्ट्स लिमिटेडले आफ्नो दोस्रो प्रा.लि.को ३२औँ वार्षिक साधारणसभा आगामी २०८२ साल माघ ४ गते आयोजना गर्ने भएको छ।

कम्पनीले प्रकाशित सूचना अनुसार साधारणसभा आइतबार दिउँसो १ बजे कम्पनीको रजिष्टर्ड कार्यालय, भरतपुर महानगरपालिका–४, चितवनमा बस्नेछ।

साधारणसभामा सेयरधनीहरूलाई नगद लाभांश वितरणसम्बन्धी प्रस्ताव पेश गरिनेछ। सञ्चालक समितिको प्रस्तावअनुसार कम्पनीले सेयरधनीलाई नगद लाभांश वितरण गर्ने एजेन्डा साधारणसभामा प्रस्तुत गर्नेछ।

साथै, सूचनाअनुसार कम्पनीले कम्पनीको प्रबन्धपत्रको नियम ६ बमोजिम जारी पुँजीको २० प्रतिशत बराबरको सेयर सर्वसाधारणमा जारी गर्ने प्रस्ताव गरेको छ।

यस अन्तर्गत कुल जारी पुँजीमध्ये १० प्रतिशत सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि सुरक्षित गरिने व्यवस्था गरिएको छ। बाँकी १० प्रतिशत सेयर सर्वसाधारणका लागि निष्कासन गरिनेछ, जसमा सर्वसाधारणलाई छुट्याइएको सेयरमध्ये ५ प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि, ५ प्रतिशत संस्थामा कार्यरत कामदाररकर्मचारीका लागि र ५ प्रतिशत सामूहिक लगानी कोषका लागि सुरक्षित गरिने उल्लेख छ।

prabhu mahalaxmi
kumari