citizens life insurance long ad
stcnepal long ad

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीका २ जना संस्थापक शेयरधनीहरूले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि कम्पनीमा निवेदन दिएअनुसार सो शेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीले संस्थापक शेयरधनी मोक्षा राज्य लक्ष्मी देवी प्रधानको नाममा रहेको १३ हजार १७० कित्ता, सुनिल नारायण श्रेष्ठको नाममा रहेको १ लाख ३० हजार ४४२ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

संस्थापक शेयरमा पहिलो प्राथमिकता कम्पनीकै विद्यमान संस्थापक शेयरधनीलाई दिनु पर्ने भएकाले हाल यस शेयर विद्यमान शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् ।

सो शेयर खरिद गर्न ईच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

कम्पनीले तोकिएको यस समयभित्र संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि कुनै आवेदन नपरेमा सर्वसाधारणलाई शेयर बिक्री गरिने जनाएको छ ।

IME Life
kumari