stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

एनआईसी एसिया इक्विटी लिंक्ड इन्भेस्टमेन्ट स्किमका इकाइहरुको बिक्री साउन २९ बाट खुल्ने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनआईसी एसिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘एनआईसी एसिया इक्विटी लिंक्ड इन्भेस्टमेन्ट स्किम’का इकाइहरुको सार्वजनिक निष्कासन साउन २९ गतेबाट गरिने भएको छ।

योजना व्यवस्थापक एनआईसी एसिया क्यापिटल र कोष प्रवर्द्धक एनआईसी एसिया बैंक रहेका यस योजनाको १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइमध्ये बीज पुँजीबापत १५ प्रतिशतले हुन आउने १ करोड ५० लाख इकाइ एनआईसी एसिया बैंकलाई सुरक्षित राखी बाँकी ८ करोड ५० लाख इकाइमध्ये प्रथम चरणमा सर्वसाधारणका लागि ५ करोड इकाइको सार्वजनिक निष्कासन गर्न लागिएको हो।

यस योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाइ र अधिकतममा १ करोड इकाइसम्म खरिद आवेदन दिन पाउनेछन्। इकाइ खरिदका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाका साथै सीडीएससीको मेरो शेयरमार्फत आवेदन दिन सकिनेछ। यस योजनाको निष्कासन बन्द छिटोमा भदौ २ गते र ढिलोमा भदौ १२ गते बैंकिङ समयपछि हुनेछ। यो खुलामुखी योजना हो।

prabhu mahalaxmi
kumari