stcnepal long ad
global ime bank long

सूर्यज्योति लाइफ इन्स्योरेन्सको १.४५ प्रतिशतले नाफा बढ्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त वित्तीय विववरण अनुसार कम्पनीको खुद नाफा १.४५ प्रतिशतले वृद्धि भएको हो।

अघिल्लो आर्थिक वर्ष को असार मसान्तसम्म ३४ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले गत आवको असार मसान्तसम्म ३५ करोड २ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ।

त्यसैगरी अघिल्लो वर्ष कम्पनीले ९ अर्ब १० करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेकोमा गत वर्ष २२.८३ प्रतिशतको वृद्धि सहित ११ अर्ब १८ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ।

कम्पनीको कुल आम्दानी १२ अर्ब ६६ करोड रुपैयाँबाट बढेर १५ अर्ब १३ करोड रुपैयाँ पुग्दा कुल खर्च पनि १२ अर्ब ७ करोड रुपैयाँबाट बढेर १४ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ।

अघिल्लो वर्ष कम्पनीले आफ्ना अभिकर्तामा ८७ करोड ३ लाख रुपैयाँ खर्चिएकोमा गत वर्ष १७.५२ प्रतिशतको वृद्धि सहित १ अर्ब २ करोड २८ लाख रुपैयाँ खर्चिएको वित्तीय विवरणले देखाएको छ।

गत वर्ष कम्पनीको जीवन बीमा कोषको आकार २५.५० प्रतिशतले बढेर ४२ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ जुन अघिल्लो वर्ष ३३ अर्ब ७१ करोड रुपैयाँ थियो।

कम्पनीको प्रतिशेयर आम्दानी पनि १० पैसाले बढेर ६।९९ रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १२६.८५ रुपैयाँ रहेको छ। चुक्ता पूँजी ५ अर्ब १ करोड रुपैयाँ रहको कम्पनीको महाविपत्ति कोषमा ३९ करोड ४६ लाख रुपैयाँ र जगेडा कोषमा ४७ करोड २० लाख रुपैयाँ रहेको छ।

IME Lifesidebar
kumari