stcnepal long ad
ime life insurance
global ime bank long

राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ८१ करोड मुनाफा कमायो

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत आर्थिक वर्षमा ३ अर्ब ८१ करोड रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षमा २ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा कमाएको बैंकले त्यसको तुलनामा गत वर्ष ४९।५३ प्रतिशत बढी नाफा कमाएको हो।

बैंकले अघिल्लो वर्ष १० अर्ब ३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा गत वर्ष १० अर्ब ८ करोड रुपैयाँ बढी खुद ब्याज आम्दानी गरेको छ। बैंकको कुल आम्दानी पनि ११ अर्ब ५४ करोड रुपैयाँबाट बढेर १२ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ।

आम्दानी बढेसँगै बैंकको सञ्चालन नाफा पनि अघिल्लो वर्ष ४ अर्ब ९ करोड रुपैयाँ रहेकोमा गत वर्ष ३१.५९ प्रतिशत बढेर ५ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ।

नाफा र आम्दानी वृद्धि भएपछि अघिल्लो वर्ष १ अर्ब २२ करोड रुपैयाँ ऋणात्मक रहेको वितरणयोग्य नाफा गत वर्ष ३० करोड ३४ लाख रुपैयाँ धनात्मक भएको छ।

बैंकको प्रतिशेयर आम्दानी पनि १६.३२ रुपैयाँबाट बढेर २४.४१ रुपैयाँ पुगेको छ भने खराब कर्जा ४.२८ प्रतिशतबाट घटेर ३.५९ प्रतिशतमा झरेको छ।

चुक्ता पूँजी १५ अर्ब ६३ करोड रुपैयाँ रहेको बैंकको रिजर्भमा ३७ अर्ब ४७ करोड रुपैयाँ रहेको छ। बैंकले २ खर्ब ९४ अर्ब १८ करोड रुपैयाँ कर्जा प्रवाह गरी त्यसबाट ५ खर्ब ४१ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।

prabhu mahalaxmi
kumari