stcnepal long ad
ime life insurance
national life
global ime bank long

प्रभु सिस्टमेटिक इन्भेस्टमेन्ट स्किमका इकाइहरु आजबाट बिक्री खुला

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु सिस्टमेटिक इन्भेस्टमेन्ट स्किमको इकाइमा आज जेठ २३ गतेदेखि आवेदन दिन सकिनेछ । नेपाल धितोपत्र बोर्डले प्रभु म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने यस योजनाका ४० करोड रुपैयाँ बराबरको इकाइ बिक्री खुला गर्ने अनुमति दिएको छ। जस अन्तर्गत १० रुपैयाँ अंकित दरका कुल ४ करोड इकाइ जारी गरिने भएको हो।

कुल इकाइमध्ये ७.५ प्रतिशतले हुन आउने ३० लाख इकाइ कोष प्रवर्द्धक संस्था प्रभु बैंक र ७.५ प्रतिशतले हुन आउने ३० लाख इकाइ योजना व्यवस्थापक प्रभु क्यापिटललाई सुरक्षित राखिएको छ। प्रथमपटक सर्वसाधारणमा २ करोड ५० लाख इकाइ बिक्री गरिनेछ।

लगानीकर्ताले न्यूनतम १०० इकाइ र अधिकतममा ३१ लाख इकाइका लागि आवेदन दिन सक्नेछन् । यो खुलामुखी योजनाको निष्कासन बन्द छिटोमा जेठ २७ गते हुनेछ। यो अवधिभित्र सम्पूर्ण इकाइ बिक्री नभएको खण्डमा निष्कासन अवधि असार ६ गतेसम्म लम्बिन सक्छ।

म्युचुअल फण्ड निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपालले कोष प्रबर्धकलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी माइनस प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई केयर रेटिङ्ग नेपालले केयर एनपी एएमसी क्वालिटि ३ प्लस रेटिङ्ग प्रदान गरेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट आस्वा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरुबाट आवेदन दिन सक्नेछन्। सीडीएससीको मेरो शेयरबाट पनि खरिद आवेदन दिन सकिनेछ।

IME Lifesidebar
kumari