stcnepal long ad
ime life insurance
national life
global ime bank long

जेठ ३० गतेदेखि हिम स्टार ऊर्जा कम्पनीको पहिलो चरणको आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । हिम स्टार ऊर्जा कम्पनी लिमिटेडले जेठ ३० गतेदेखि पहिलो चरणको आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ खुलाउन लागेको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी ३७ करोड ३० लाख रुपियाँको ३० प्रतिशत अर्थात् ११ करोड १९ लाख रुपियाँबराबरको ११ लाख १९ हजार कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो ।

जसमध्ये जारी पुँजीको ५ प्रतिशत अर्थात् प्रतिकित्ता १०० अंकित दरका १ लाख ८६ हजार ५०० कित्ता आयोजना प्रभावित क्षेत्र अर्थात् ओखलढुंगा जिल्ला, जिजिदेम्बा गाउँपालिका वडा नं ८ (साबिक भुसिंगा गाविसका सबै वडा) र सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नं. २ ९साबिक गोली गाविस वडा नं. १, २, ३, ४, ५० का स्थानीय बासिन्दाका लागि निष्कासन गर्नेछ ।

त्यसैगरी कम्पनीले जारी पुँजीको २५ प्रतिशत अर्थात् ९ करोड ३२ लाख ५० हजार रुपियाँबराबरको ९ लाख ३२ हजार ५०० किता साधारण शेयर वैदेशिक रोजगारमा गएका नेपालीका लागि बिक्री गर्नेछ ।

दुवै श्रेणीका लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावित बासिन्दाका लागि निष्कासन बन्द छिटोमा असार १३ गते हुनेछ भने ढिलोमा असार २९ गते हुनेछ । त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने असार १३ गतेभित्रै आवेदन दिइसक्नुपर्नेछ ।

यता कम्पनीले ७० हजार ९१० कित्ता साधारण शेयर कर्मचारीहरुका लागि र १ लाख ७७ हजार २७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरेको छ।

बाँकी रहेको २९ लाख ४२ हजार ७६० कित्ता शेयर भने कम्पनीले सर्वसाधारणका लागि निष्काशन गर्नेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल रहेको छ ।

IME Lifesidebar
kumari