stcnepal long ad
ime life insurance
national life
global ime bank long

आरबीबी म्युचुअल फन्डको नयाँ योजना आउने

धितोपत्र बोर्डसँग माग्यो अनुमति

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । आरबीबी म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने नयाँ योजना ल्याउने प्रक्रिया अगाडि बढाइएको छ।

योजना व्यवस्थापक आरबीबी मर्चेन्ट बैंकिङले ‘आरबीबी फोकस्ड ४०’ नाम नयाँ म्यचुअुल फन्ड सञ्चालनमा ल्याउने प्रक्रिया अगाडि बढाएको हो।

यस योजनाका इकाइहरु सार्वजनिक निष्कासन गर्न योजना व्यवस्थापकले नेपाल धितोपत्र बोर्डमा निवेदन दिँदै अनुमति मागेको छ।

धितोपत्र बोर्डले अनुमति दिएमा आरबीबी मर्चेन्टले यस योजनाका १ अर्ब रुपैयाँबराबरको इकाइ बिक्री खुला गर्नेछ।

जसअनुसार कम्पनीले १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ निष्कासन गर्नेछ।आरबीबी मर्चेन्टको यो नयाँ म्युचुअल फन्ड बन्दमुखी योजना हो।

prabhu mahalaxmi
kumari