stcnepal long ad
himalayan life insurance long ad

नयाँ ब्रान्ड सिनोगोल्डको ईभी नेपाल भित्रिदै, मूल्य ३९ लाख

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाली बजारमा नयाँ ब्रान्डको ईभी सेडान भित्रिने भएको छ । नेपाली बजारमा अन्य ब्रान्डका समेत सवारी साधन बिक्री–वितरण गरिरहेको भीजी मोटर्सले सिनोगोल्ड ब्रान्डको जुनजिङ–जेएक्स मोडलको ईभी सेडान भित्र्याउने भएको हो ।

भन्सार प्रयोजनका लागि सार्वजनिक गरिएको मूल्य सूची अनुसार सो ईभीको मूल्य ३९ लाख रुपैयाँ हुनेछ । सो ईभीमा ४८ किलोवाट आवरको ब्याट्री र ५० किलोवाटको मोटर हुनेछ । यसको अन्य जानकारी भने सार्वजनिक गरिएको छैन ।

चीनको शानडोङमा हेडक्वाटर रहेको सिनोगोल्ड ईभीको लागि विशेषज्ञ मानिने कम्पनी हो । भीजी मोटर्सले यो भन्दा पहिले पनि नेपाली बजारमा एसआरएम र जोयलङ लगायतका विभिन्न ईभी ब्रान्डका सवारी साधन बिक्री–वितरण गरिरहेको छ ।