sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

आजदेखि गरिमा म्युचुअल फण्ड ‘गरिमा समृद्धि योजना’मा आवेदन खुला

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडले आफ्नो पहिलो म्युचुल फण्ड ‘गरिमा समृद्धि योजना’ निष्कासन तथा बिक्री आजदेखि (पुस ७) खुला गरेको छ ।

कम्पनीले १० वर्ष अवधिको उक्त फण्डको प्रतिइकाइ १० रुपियाँ अंकित दरमा १ अर्ब रुपियाँ बराबरको १० करोड इकाइ बिक्रीमा ल्याएको हो ।

कम्पनीले निष्कासन गर्ने कुल इकाइमध्ये कुल बिक्री भएको इकाइसंख्याको १४ प्रतिशत वा १ करोड ४० लाख इकाइ कोष प्रवर्धक गरिमा विकास बैंकलाई र १० लाख इकाइ योजना व्यवस्थापक कम्पनी गरिमा क्यापिटल लिमिटेडलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री गर्नेछ ।

सो फण्डको इकाइमा लगानीकर्ताले पुस ११ गतेसम्म आवेदन दिन सक्नेछन् । तर तोकिएको समयमा आवेदन परेमा आवेदन मिति पुस २१ सम्म लम्बिनेछ । लगानीकर्ताले न्यूनतम १०० इकाइ र अधिकत १ करोड इकाइसम्म आवेदन दिन पाउनेछन् ।

फण्डको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक गरिमा क्यापिटल लिमिटेड रहेको छ । यो एक बन्दमुखी योजना हो ।

gold
prabhu bank
nawakantipur long