stcnepal long ad
ime life insurance
global ime bank long

कर्जा सूचना केन्द्रको २०औँ वार्षिक साधारण सभा पुस २८ गते

कर्जा सूचना केन्द्रले १० प्रतिशत लाभांश बाँड्ने

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । कर्जा सूचना केन्द्रले लाभांश घोषणा गरेको छ । कर्जा सूचना केन्द्रको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कर्जा सूचना केन्द्रले प्रतिसेयर १० रुपैयाँ अर्थात् चुक्ता पुँजीको १० प्रतिशतका दरले ४ करोड ३६ लाख २५ हजार ३८० रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लाभांश पारित गर्न पुस २८ गते काठमाडौंमा बिहान साढे ११ बजे २०औँ वार्षिक साधारण सभा डाकेको छ । साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ ।

यस्तै, आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक ३ लाख रुपैयाँ निर्धारण गरिएको प्रस्ताव अनुमोदन गर्नेछ ।

अघिल्लो वर्ष कर्जा सूचना केन्द्रले प्रतिसेयर २० रुपैयाँ अर्थात् चुक्ता पुँजीको २० प्रतिशतका दरले ८ करोड ७२ लाख ५० हजार ७६० रुपैयाँ बराबरको नगद लाभांश वितरण गरेको थियो ।

prabhu mahalaxmi
kumari