stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

लक्ष्मी सनराइज क्यापिटलको १४औं वार्षिक साधारण सभाले लाभांश पारित

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । लक्ष्मी सनराइज क्यापिटलको १४औं वार्षिक साधारण सभाले लाभांश पारित गरेको छ । आइतबार सम्पन्न साधारण सभाले १५.७९ प्रतिशत अर्थात् ७ करोड ७१ लाख ९४ हजार ७३६ नगद लाभांश प्रस्ताव पारित गरेको हो ।

गत आर्थिक वर्ष २०८०/८१ को वासलात बमोजिम प्रतिसेयर आम्दानी १९.६० प्रतिशत रहेकोमा वितरण योग्य आम्दानी १७.८९ प्रतिशतबाट १५.७९ प्रतिशत मात्रै लाभांश वितरण गरेको हो । हाल सनराइज क्यापिटलको चुक्ता पुँजी ४८ करोड ८९ लाख रुपैयाँ कायम भएको छ ।

यस्तै, साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन र आर्थिक वर्ष आव २०८१/८२ को लागि लेखापरीक्षक नियुक्ति गरेको छ ।

लक्ष्मी क्यापिटल लक्ष्मी सनराइज बैंकको पूर्ण स्वामित्वको सहायक कम्पनी हो । लक्ष्मी र सनराइज बैंक मर्जरपछि लक्ष्मी क्यापिटल मार्केट र सनराइज क्यापिटल २०८० पौष २३ गतेदेखि मर्ज भई एकीकृत कारोबार गरेका थिए ।

तीन दशकदेखि मर्चेण्ट बैंकिङ सेवामा सकृयताका साथ संलग्न रहेको यस कम्पनीले हालसम्म सबैभन्दा बढी संस्थाहरुको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको कार्य सम्पन्न गरेको छ ।

हाल २० वटा कम्पनीहरूको सेयर निष्कासनको क्रममा रहेको कम्पनीले जनाएको छ । कम्पनीले करिब २५० जना ग्राहकहरूको ७० करोडभन्दा बढी रकमको पोर्टफोलियो व्यवस्थापन गर्दै आइरहेको छ । कम्पनीले करिब ३.५० लाख निक्षेप सदस्यहरूको डिम्याट खाता खोल्न सफल भएको छ ।

कम्पनीले करिब ७ अर्व बराबरको ६ वटा बन्दमुखी म्युचुअल फण्ड र १ वटा खुल्लामुखी म्युचुअल फण्ड सञ्चालन गर्दै आइरहेकोमा गत जेठ २८ मा १ अर्व २५ करोड रकम बराबरको सात वर्ष अवधिको लक्ष्मी इक्विटी फण्ड परिपक्व भई सात वर्षको अवधिमा ईकाईधनीहरूलाई जम्मा ६३.६५ प्रतिशत प्रतिफल प्रदान गर्न सफल भएको र परिपक्व भए पश्चात सोका ईकाइधनीहरुलाई ११.१४ रुपैयाँ प्रति ईकाइका दरले रकम फिर्ता भुक्तानी गरिएको र बाँकी ५ वटा योजनाले आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट ४.५० देखि १२.५० प्रतिशत प्रतिफल वितरण गरेको छ ।

विशिष्टीकृत लगानी कोष सेवा अन्तर्गत एक अर्ब बराबरको लक्ष्मी सस्टनेवल ईनर्जी फण्ड स्वीकृति प्राप्त गरी उक्त फण्डले लगानीकर्ताहरूबाट करिब रु.४० करोड संकलन गरिसकेको, बाँकी रकम चालु आवमा संकलन गर्ने लक्ष्य रहेको कम्पनीले जानकारी दिएको छ ।

prabhu mahalaxmi
kumari bank
kumari