citizens life insurance long ad
evrest bank
stcnepal long ad
global bank
nabil bank

एनसीएचएल डेपुटी सीईओमा नीरजमान सैंजु

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं । नेपाल  क्लियरिङ हाउस लिमिटेड डेपुटी सीईओमा नीरजमान सैंजु नियुक्त भएका छन् । सैंजुले आइतबारदेखि कार्यभार सम्हालेका छन् ।

सैंजुसँग रेमिट्यान्स कम्पनी, विभिन्न वाणिज्य बैंक लगायतमा आबद्ध रही १५ वर्षभन्दा लामो काम गरेको अनुभव छ । सैंजुले एमबीएस तथा एमबीएमा मास्टर्स डिग्री गरेका छन् ।

उनीसँग भएको अनुभव एवम् कार्य कुशलताले एनसीएचएललाई नयाँ उचाइमा पुर्‍याउनेमा कम्पनी विश्वस्त रहेको जनाएको छ ।

एनसीएचएलले आफ्नो १ सय २६ भन्दा बढी कर्मचारी मार्फत ५३ सदस्य बैंक तथा वित्तीय संस्थाहरूलाई एनसीएचएल–ईसीसी, एनसीएचएल–आईपीएस, रिटेल पेमेन्ट स्विच, कनेक्ट आर्टीजीएस, नेसनल पेमेन्ट्स, कनेक्ट आईपीएस, कर्पोरेट, नेपालपे क्यूआर र ईएफटी सर्भिस सञ्चालन गरी सेवा प्रदान गर्दै आइरहेको छ ।

gold
himalayan life insurance long ad