stcnepal long ad
global ime bank long

विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा प्रभु क्यापिटलद्वारा प्रशिक्षण कार्यक्रम सञ्चालन

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा प्रभु क्यापिटल लिमिटेडले २ दिने लगानी तथा जनचेतनामूलक तालिम कार्यक्रमको आयोजना गरेको छ ।

प्रभु क्यापिटलले आयोजना गरेकोे उत्त कार्यक्रम धनुषा जिल्लामा रहेको मिथिला प्राविधिक कलेज, बिशहरा चौक र मोनाष्टिक कलेज, भानु चौकमा अध्ययनरत विधार्थी, शिक्षक, व्यवसायी तथा अन्य पेशागत कर्मचारीहरुलाई मिति २०८१ कात्तिक ०८ गते बिहिबार तथा मिति २०८१ कात्तिक ०९ गते शुक्रबारका दिन सम्पन्न गरेको छ ।

दुई कलेजमा करिब ९० जना विद्यार्थी, शिक्षक, व्यवसाही तथा अन्य पेशागत कर्मचारीहरुको सहभागिता भएको उक्त कार्यक्रमको प्रशिक्षकका रुपमा प्रभु क्यापिटल लिमिटेडका प्रमुख लगानी अधिकृत दुर्गा नन्द झाले गर्नुभएको थियो ।

कार्यक्रममा पूजीं बजारमा लगानीको प्रतिफल तथा जोखिम व्यवस्थापन सम्बन्धी, आधारभूत तथा प्राविधिक विश्लेषण, शेयर बजारमा लगानी गर्नु पुर्व ध्यान दिनु पर्ने कुराहरु, बजारमा उपलब्ध लगानीका उपकरणहरु तथा लगानी विविधीकरणका जस्ता विषयमा प्रकाश पार्नु भएको थियो ।

साथै लगानी गर्दा प्रविधि र डिजिटल सेवाको प्रयोग — आस्बा, सिआस्बा, मेरो शेयर एपको तथा आईपिओ भर्दा पु¥याउनु पर्ने सजगताका बारेमा प्रकाश पार्नु भएको थियो ।

साथै पोर्टफोलियो व्यवस्थापन, सामूहिक लगानी कोषको लगानीमा हुने फाईदा तथा जोखिम सम्बन्धी विषयहरु पनि समेटनु भएको थियो ।

कार्यक्रमका सहभागी सदस्यहरुले विश्व लगानीकर्ता सप्ताह–२०२४ कोे अवसरमा यस प्रकारका कार्यक्रमले लगानी अवसरहरूको अनुसन्धान गर्ने तरिका, लगानीमा निहित जोखिम, पोर्टफोलियो विविधीकरण, र प्रविधि र डिजिटल सेवाको प्रयोग जस्ता बिषयमा विस्तृत ढंगले प्रकाश पारेको हुनाले उक्त तालिम ज्यादै उपयोगी रहेको तथा शेयर बजार सम्बन्धी लगानीको पर्याप्त सचेतनाका लागि यस प्रकारको प्रशिक्षण तथा सचेतना कार्यक्रम निकै प्रभावकारी भएको बताउनु भएका थिए ।

प्रभु क्यापिटलले शेयर लगानीमा सचेतना अभिवृद्धिका लागि समय—समयमा शेयर तथा पूँजी बजारसंग सम्बन्धित तालिम कार्यक्रमहरु, विविध वर्कसप तथा सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ भने यो विश्व लगानीकर्ता सप्ताह International Organization of Securities Commission (IOSCO)को आव्हानमा प्रत्येक वर्ष अन्तराष्ट्रीय स्तरमा लगानी सम्बन्धी विविध कार्यक्रम गरी मनाईने गरिन्छ ।

 

IME Lifesidebar
kumari