evrest bank
citizens life insurance long ad
stcnepal long ad
national life
global bank

हिमालयन क्यापिटलद्वारा ७ प्रतिशत लाभांश घोषणा

Prabhu Insurance Long Ad
nawakantipur long
global bank

काठमाडौं । हिमालयन क्यापिटलले शेयरधनीलाई ७ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको कात्तिक ४ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।

लाभांश पारित गर्न तथा साधारणसभा प्रयोजनार्थ कम्पनीले सातौं वार्षिक साधारण सभा डाकेको छ । साधारण सभामा आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीलाई करसहित ७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पेश हुनेछ ।

त्यस्तै,साधारण सभाले गत आवको सञ्चालक समिति तथा लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असार मसान्तसम्मको वासलात, नाफानोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह लगायतका वित्तीय विवरण माथि छलफल गरी पारित गर्नेछ ।

साथै,चालू आवका लागि लेखारीक्षक नियुक्त गरी पारिश्रमिक तोक्ने, सञ्चालक नियुक्ति गर्ने तथा सञ्चालकहरुको भत्ता तथा अन्य सुविधामा छलफल गरी पारित गर्ने एजेन्डा रहेको कम्पनीले जनाएको छ ।

साधारण सभामा कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्ने र सोपश्चात् प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने एजेन्डा पनि पेश हुनेछ ।

साधारण सभा कात्तिक २८ गते कम्पनीको रजिष्टर्ड कार्यालय कमलादी, काठमाडौंमा बिहान ११ बजेदेखि शुरु हुनेछ ।

himalayan life insurance long ad
igi long