sanima
shangrila development bank Long Ad
nabil bank
himalayan life insurance long ad

एनआईसी एशिया म्युचुअल फण्डअन्तर्गत चारवटा बन्दमुखी योजनाको बुक क्लोज मिति तय

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालित चारवटा बन्दमुखी योजनाको बुक क्लोज मिति तय भएको छ ।

एनआईसी एशिया सेलेक्ट–३०, एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड, एनआईसी एशिया ग्रोथ फन्ड र एनआईसी एशिया ब्यालेन्स फण्डको बुक क्लोज मिति तय भएको हो ।

एनआईसी एशिया क्यापिटलको भदौ १९ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८०/०८१ को मुनाफाबाट योजना इकाइधनीलाई प्रतिफल वितरण गर्ने प्रयोजनका लागि भदौ २८ गते बुक क्लोज गर्ने निर्णय गरेको हो ।

तसर्थ भदौ २७ गतेसम्म नेप्सेमा कारोबार भई कायम इकाइधनीले मात्रै प्रतिफल पाउन सक्नेछन् ।

एनआईसी एशिया सेलेक्ट–३० ले १४, एनआईसी एशिया फ्लेक्सी क्याप फण्डले १०.५०, एनआईसी एशिया ग्रोथ फन्डले ९.५० र एनआईसी एशिया ब्यालेन्स फण्डले करसहित ९.२५ प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा गरिसकेको छ ।

यी चारवटै योजनाको कोष प्रवर्द्धकमा एनआईशी एशिया बैंक, तथा योजना व्यवस्थापक एवं डिपोजटरीमा एनआईशी एशिया क्यापिटल रहेको छ ।

prabhu bank
nawakantipur long