एनआइएमबि एस क्यापिटलका ढुंगाना महाप्रबन्धक पदमा बढुवा

काठमाडौं। एनआइएमबि एस क्यापिटल लिमिटेडले नायब महाप्रबन्धक सचिन्द्र ढुंंगानालाई महाप्रबन्धक पदमा बढुवा गरेको छ। क्यापिटलले वित्तीय र लेखा क्षेत्रमा अनुभवी ढुंंगानाले कम्पनीको वृद्धि र रणनीतिक पहलको नेतृत्व गर्ने जनाएको छ।
द इन्स्टिच्यूट अफ चार्टर्ड अकाउण्टेण्ट अफ नेपालबाट चार्टर्ड अकाउण्टेण्ट उपाधी हासिल गरेका ढुंगानाले एसिसिएबाट आइएआरएफएसमा डिप्लो तहको अध्ययन पनि पुरा गरेका छन्।
उनीसँग लेखापरीक्षण, लेखा, परामर्श र सल्लाहकारको क्षेत्रमा १० वर्षभन्दा लामो अनुभव छ।
उनले एनआइएमबि क्यापिटल मार्केट्स लिमिटेडमा करिब दुई वर्षसम्म बिजनेस सपोर्ट र म्युचुअल फण्ड विभाग प्रमुखको रूपमा काम गरेका थिए। एनआईएमबी एस क्यापिटल लिमिटेडमा आवद्ध हुनुअघि उनले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडमा प्रमुख अपरेटिङ अफिसर र फाइनान्स युनिट प्रमुखको रूपमा साढे दुई वर्ष काम गरे ।
उनीसँग नेपाली पूँजी बजारमा म्युचुअल फण्ड व्यवस्थापन र कर्पोरेट सल्लाहकार सेवामा अनुभव छ।