ललितपुरमा सम्पदा पदयात्रा सुरु
काठमाडौं । ललितपुर महानगरपालिका र नेपाल सम्पदा संघको संयुक्त आयोजनामा ललितपुरमा सोमबारदेखि सम्पदा पदयात्रा (हेरेटेज वाक) सुरु भएको छ ।
४४ औं विश्व पर्यटन दिवसको अवसरमा ‘हिरेटेज वाक ललितपुर बाइ नाइट’ कार्यक्रम भएको हो ।
ललितपुरको पाटनढोकाबाट पाटन दरबार क्षेत्रसम्मको पदयात्रालाई महानगरपालिकाले सम्पदा यात्राको नाम दिएको हो । महानगरपालिकाले वर्षेनी पाटन दरबार स्क्वायरको अन्तर्राष्ट्रिय प्रचारको लागि बेलुकाको समयमा पदयात्रा ९इभिनिङ वाक० कार्यक्रम राख्दै आएको छ ।
महानगरले गरेको उक्त पदयात्रा पाटन ढोकादेखि पिम्बहाल, नकबहिल नागबहिल, हिरण्यवर्ण महाविहार हुँदै पाटन दरबार क्षेत्रमा पुगेपछि पूरा भएको छ । ललितपुर महानगरका अनुसार यो कार्यक्रम मंगलबार पनि हुने छ ।
मंगलबार २ :३० बजेबाट सुरु हुने कार्यक्रममा विभिन्न देशका राजदूत, कुटनीतिक नियोगका प्रतिनिधि लगायतको सहभागिता रहने ललितपुर महानगरको उद्योग पर्यटन तथा संस्कृति संरक्षण समितिका संयोजक विकासमान श्रेष्ठले जानकारी दिए ।
वडा नं ५ का वडाध्यक्ष रहेका श्रेष्ठले कला, संस्कृति र सम्पदाको शहर ललितपुरमा आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न यो कार्यक्रम महत्वपूर्ण हुने बताए ।
हरेक वर्ष २८ सेप्टेम्बरमा विश्व पर्यटन दिवस मनाइन्छ । दिवसका अवसरमा सोमबार क्वाल्खुमा सम्पदासँग सम्बन्धित चित्रकला प्रदर्शनी आयोजना भएको छ ।
मंगलबार र बुधबार र बिहीबार हिरण्यवर्ण महाविहारमा प्रवेश शुल्क निशुल्क गरिएको छ । मंगलबार २ः३० बजे आयोजना गरिएको हेरिटेज रुट वाकपछि पाटन म्युजियममा नेवारी लाइफ साइकलसम्बन्धी प्रस्तुति गरिनेछ ।
यसैगरी बुधबार र बिहीबार ज्यापु म्युजियममा पनि निशुल्क प्रवेशको व्यवस्था मिलाएको महानगरले जनाएको छ ।
पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार विश्व पर्यटन दिवसको अवसरमा संस्कृति पर्यटन मन्त्रालयले ललितपुरमा कार्यक्रम आयोजना गरेको गरेको छ ।
त्यसैगरी दिवसका दिन साँझ पार्टनर दरबार क्षेत्रमा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ ।