stcnepal long ad
ime life insurance
national life
global ime bank long

राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले देशका विभिन्न स्थानमा ११ वटा शाखा कार्यालय विस्तार

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले देशका विभिन्न स्थानमा ११ वटा शाखा कार्यालय विस्तार गरेको छ ।

बैङ्कले सिराहा, बैतडी, दार्चुला, मोरङ, मकवानपुर, ललितपुर, सुर्खेत, कालीकोट, दैलेख र स्याङ्जाका विभिन्न ठाउँमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

सिराहाको गोलबजार, बैतडीको पाटन, दार्चुलाको गोकुलेश्वर, मोरङको विराटचोक, मकवानपुरको सानोपोखरा, ललितपुरको ग्वार्को र मङ्गलबजार, सुर्खेतको छिन्चु, कालीकोटको रास्कोट, दैलेखको राकम कर्णाली र स्याङ्जाको वालिङमा नयाँ शाखा सञ्चालनमा ल्याइएको बैङ्कले जनाएको छ । नयाँ शाखा  सञ्चालनसँगै रावा बैङ्कको देशभर २८२ वटा शाखा कार्यालय सञ्चालनमा आएका छन् ।

बैङ्कका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय वाणिज्य बैङ्कले कर्णाली प्रदेशमा मात्र तीन वटा शाखा कार्यालयसहित सहरी क्षेत्रमा शाखा सञ्चालन गरी प्राथमिकताका साथ आमनागरिकमा आधुनिक बैङ्किङ सेवा प्रवाह गरिरहेको बताउनुभयो ।

IME Lifesidebar
kumari