adbl long ad
nabil bank
stcnepal long ad
national life

एनआईसी एशिया बैंकका ग्राहकलाई काठमाडौं क्यान्सर सेन्टरमा १२ प्रतिशतसम्म छुट

civilbank long ad
citizens life insurance long ad
Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकलाई काठमाडौं क्यान्सर सेन्टरमा उपचारमा डिजिटल भुक्तानी गर्दा १२ प्रतिशतसम्म छुट प्राप्त हुने छ ।

‘डिजिटल फष्र्ट बैंक’ बन्ने दीर्घकालिन लक्ष्यसहित डिजिटल बैंकिङ्गको प्रवद्र्धन गरिरहेको यस एनआईसी एशिया बैंकका ग्राहकलाई भक्तपुरको ताथलीमा अवस्थित काठमाडौं क्यान्सर सेन्टरमा उपचार गराउँदा १२ प्रतिशतसम्म छुट गर्ने समझदारी भएको छ ।

यस बैंकका तर्फबाट चिफ लाइफ स्टाइल बैंकिङ्ग युनिभर्स  श्याम प्रसाद लामिछाने र सेन्टरका तर्फबाट अध्यक्ष प्रो. डा. अन्जनी कुमार झाले सम्झौता गर्नुभयो हो ।

मोबाइल बैंकिङ्ग, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गर्ने ग्राहक यो फाइदा उपभोग गर्न सक्ने छन् ।

ग्राहकलाई उपचारमा ५ प्रतिशत छुट एवं अस्पतालले उपलब्ध गराउने अन्य जुनसुकै सेवामा १० प्रतिशत छुट प्राप्त हुने छ । साथै, यस बैंकका कर्मचारीलाई उक्त उपचारहरूमा थप १ प्रतिशत र अन्य जुनसुकै सेवामा थप २ प्रतिशत छुटको व्यवस्था अस्पतालले गरेको छ ।

 

१० माघ २०७९, मंगलवार २०:३६ बजे प्रकाशित

Election
stcnepal long ad