stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल राष्ट्र बैंकले १३ अर्बको ट्रेजरी बिल जारी गर्ने, आज बोलकबोल हुने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले १३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ । राष्ट्र बैंकले मंसिर २७ गते जारी हुने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल आज गर्ने भएको हो ।

राष्ट्र बैंकले २८ दिनका लागि २ अर्ब, ९१ दिनका लागि ५ अर्ब, १८२ दिनका लागि ४ अर्ब र ३६४ दिनका लागि २ अर्ब बराबरको ट्रेजरी बिल जारी गर्नेछ ।

यी ट्रेजरी बिल क्रमशः आगामी पुस २६, फागुन ३०, २०८० जेठ ३० र मंसिर २६ गते परिपक्व हुनेछन् ।

यी ट्रेजरी बिलको आज दिउँसो २ बजे अनलाइन माध्यमबाट बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत सहभागी हुन सक्नेछन् ।

बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने गर्दछ ।

prabhu mahalaxmi
kumari